२२ दिनमा सामाजिक सुरक्षा कोषमा थपिए यति धेरै श्रमिक
काठमाडौँ ५ आसर । पछिल्लो समय कोषमा सूचीकृत हुने रोजगारदाता तथा श्रमिक संख्या उल्लेख्य रूपमा बढेको कोषले जनाएको छ। गत जेठ १२ गतेको तथ्यांक अनुसार कोषमा सूचीकृत हुने श्रमिक संख्या मुश्किलले दुई लाख चार हजार नौ सय ६८ पुगेको थियो। त्यस्तै १३ हजार ८ सय ८७ रोजगारदाता कोषमा आबद्ध थिए।
त्यसयता असार ३ गतेसम्मको तथ्यांक हेर्दा कोषमा आबद्ध हुनेको संख्या बढेको छ। यी २२ दिनमा मात्रै चालीस हजार छ सय १४ जना श्रमिक र पाँच सय ७९ रोजगारदाता कोषमा थपिएका छन्।योसँगै बिहीबारसम्म कोषमा कुल दुई लाख ४५ हजार ५ सय ८२ श्रमिक र १४ हजार ४ सय ६६ रोजगारदाता आबद्ध भएका छन्। २०७५ मंसिर ११ गतेदेखि औपचारिक रूपमा सुरू यो योजनामा आबद्ध हुनेमा सबभन्दा बढी बागमती प्रदेशका छन् भने सबभन्दा कम कर्णाली प्रदेशका छन् ।
पहिले यो विषयमा खासै चासो नादेखाउनेहरु अहिले कोषमा आबद्ध नभएका श्रमिकको सुविधावापतको रकम रोजगारदाताले बेहोर्नुपर्ने नियमले पनि बढी संख्यामा आवद्द भएका छन् । कोषमा सूचीकृत श्रमिकले योजनामा व्यवस्था गरिएका सेवासुविधा कोषबाटै पाउँछन्। तर तोकिएको समयमा सूचीकरण नभए वा सूचीकरण नगराए श्रमिकको रोजगारसम्बन्धी अवस्थामा कुनै घटना भए, ऐनअनुसार उपलब्ध हुने सुविधा रोजगारदाता स्वयंले बेहोर्नुपर्छ। सोहि कारण पनि हाल यो योजनामा संख्या बढेको हो ।