image
image

मध्यपहाडी राजमार्गमा कालोपत्रे गर्न शुरु

दैलेख १ असार ।  मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटदेखि चक्रता हुँदै रामघाटसम्मको सडक खण्डमा पहिलो चरणको कालोपत्रेको काम शुरु गरिएको छ । मौसमले साथ दिएको खण्डमा यही असारको दोस्रो सातासम्म १० किलोमिटर बढी कालोपत्रे सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ । 


निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ । सदरमुकामको पश्चिम रावतकोटदेखि पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरबाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्नेमा यो वर्ष मात्रै काम शुरु भएको छ । निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात् यही जेठ २५ देखि करीब १६ किलोमिटर सडक खण्ड कालोपत्रेको काम शुरु गरिएको छ । 


गत वर्ष चैत्रदेखि कोरोना सङ्क्रमण बढेपछि काम रोकिएको र यस वर्षको असाढसम्म १० किलोमिटर कालोपत्रे सक्ने कम्पनीका कृष्ण ढुङ्गानाले जानकारी दिए । करीब ३१ किलोमिटर सडकमध्ये मनसुन अघि नै १० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा. अर्जुन बमले बताए । सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ । कामको प्रगति, गुणस्तरता, आएका समस्याको समाधानका लागि आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ । 


सदरमुकामको पूर्वी क्षेत्र लोहोरेदेखि सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । देशकै गौरवको आयोजना भएकोले सडक खण्डमा देखिएका समस्याहरूको स्थलगत रुपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । कामको गुणस्तरीयता र सडक क्षेत्रमा बायोइन्जिनियरिङ गर्ने काम प्रभावकारी बनाउनेलगायतका विषयमा स्थलगतरुपमै सुझाव दिइएको उनको भनाइ छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।