image
image

खनाल–नेपाल पक्षद्वारा एमाले केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ ।नेकपा एमालेको खनाल नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाएको हो ।  कोभिड–१९ का कारण भर्चुअल रुपमा बसिने उक्त  बैठक  बिहीबार बिहान ११ बजेलाई तोकिएको छ ।


अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समुहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए ।  ती छलफलमा आएका सुझावसहित नयाँ पार्टी गठनबारे केन्द्रीय समिति बैठकमा समेत छलफल गरिने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।