खनाल-नेपालसहित ११ जनालाई पार्टी सदस्यबाटै निष्काशन
काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाटै निष्काशित गरेको छ । आज बालुवाटारमा बसेको बैठकले पार्टी अनुशासनविपरित काम गरेको भन्दै कारबाहीको निर्णय गरेको हो ।
एमालेका साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेकामा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जना विघटित प्रतिनिधि सभाका सांसदहरु छन् । उनीहरुमाथि ९ जेठमा स्पष्टिकरण सोधिएपनि कुनै जवाफ प्राप्त भएको थिएन । प्रधानमन्त्री ओलीले हिजै कारबाही हुने जानकारी दिएका थिए ।
बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो ।