नेकपा ओली पक्षको आमसभा नारायणहिटी दरबार अगाडी
काठमाडौँ। नेकपा ओली पक्षले नारायणहिटी दरबार अगाडी आमसभा गर्ने भएको छ। सो समूहले माघ २३ गते नारायणहिटी संग्रहालयतर्फको सडकमा प्रदर्शन गर्ने भएको हो ।
केपी ओली समुहको बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा जनसभाको तयारी गरेको छ । भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने तथा काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।
सो दिन माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । यसका साथै सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकलको र्याली समेत गरिने बताईएको छ।