प्रधानमन्त्री ओली एमाले र जसपाका सांसदसहित शीतल निवासमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र जनता समाजवादी पार्टीका गरी १५३ सांसदको समर्थन रहेको भन्दै बहुमतको सरकारको दाबी प्रस्तुत गर्दै शीतल निवासमा पुगेका छन् । उनले राष्ट्रपति कार्यालय शितलनिवास पुगी एमालेको १२१ र जसपाको ३२ सांसदसहित बहुमत प्रतिनिधि सभा सदस्यको समर्थनसहित उक्त दाबी गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ । नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।