image
image

एमाले स्थायी कमिटी बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

काठमाडौँ, ६, बिहीवार । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ । 
बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी ओलीले बजेट अघिनै विश्वासको मत लिने तयारी गरेको बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी स्थायी समिति बैठक २ बजेका लागि बोलाएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।