राप्रपाको बादललाई भोट हाल्ने निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मतदान गर्ने निर्णय गरेको छ । बादललाई नै मतदान गर्ने निर्णय भएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
केही समयअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष कमल थापालाई फोन गरी मत मागेका थिए । एमालेले हिजो राप्रपालाई पत्रसमेत पठाएको थियो ।यही जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य दुई र स्थानीय तहका दुईजना प्रतिनिधि मतदाता रहेका छन् ।