image
image
भारतीय प्रधानमन्त्री मोदी र रवि भेटवात, मोदीले भने– ‘वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक छौँ’

भारतीय प्रधानमन्त्री मोदी र रवि भेटवात, मोदीले भने– ‘वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक छौँ’


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । बुधबार रास्वपाका सभापति रवि लामिछानेसँगको भेट लगत्तै प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री मोदीले भनेका छन्– ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबिचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ (वर्तमान) सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’   

उनले  सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको समेत बताएका छन् । साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।