image
image
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार, यस्तो छ सुची

रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार, यस्तो छ सुची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिको केही समिति सभापति उम्मेदवार टुंग्याएको छ।बिहीबार मध्याह्न संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो।

रास्वपाका एक सांसदले संसदीय समिति सभापतिका लागि यी नामहरू प्रस्ताव गरिएको जानकारी दिए। ‘यी नाम प्रस्ताव भएको छ, केहीबेरमा अनुमोदन गर्छौं,’ उनले भने।समितिका सभापतिको निर्वाचन शुक्रबार हुनेछ। आजै समितिका सभापतिहरूको मनोनयन हुनेछ। रास्वपाले समिति सभापति उम्मेदवार तय गर्दा यसअघि दोर्‍याएर सांसद भएका र विषय विज्ञलाई समेटेको एक पदाधिकारीको भनाइ छ। 

रास्वपाले टुंग्याएका समितिका सभापतिका उम्मेदवार

१) कानून, न्याय तथा मानवअधिकार समिति– समीक्षा बाँस्कोटा

२) पूर्वाधार विकास समिति– आशिष गजुरेल

३) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

४) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

५) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई

६) महिला तथा सामाजिक मामिला समिति– 

७) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– मनिष झा 

८) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– रहबर अन्सारी

९) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्निमा उदास

१०) अर्थ समिति– सुशान्त वैदिक

११) संसदीय सुनुवाइ– 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।