image
image
रौतहटमा कर्फ्यूः बिहान २ घन्टाका लागि खुकुलो बनाइयो

रौतहटमा कर्फ्यूः बिहान २ घन्टाका लागि खुकुलो बनाइयो

काठमाडौं । रौतहटमा बिहानीपख कर्फ्यू खुकुलो बनाइएको छ।गौर नगरपालिका क्षेत्रमा शनिबारदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश आइतबार बिहान २ घन्टाका लागि खुकुलो बनाइएको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार अत्यावश्यक कामका लागि बिहान साढे ६ देखि साढे ८ बजेसम्मका लागि कर्फ्यू खुकुलो बनाइएको छ।बिहान साढे ८ बजेदेखि पुनः कर्फ्यू आदेश निरन्तर रहने प्रशासनले जनाएको छ।

दुई समुदायबीच विवादबाट सुरू भएको झडव तनावपूर्ण बनेपछि रौतहट प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको थियो।पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयलाई सीमा मानेर कर्फ्यू तोकिएको छ।

कर्फ्यू आदेश जारी हुँदा कुनै पनि व्यक्ति आवतजावत गर्न, कुनै किसिमको भेला गर्न, सभा, जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लगाएको छ।दुई समुदायबीच बिहीबार राति विवाद भएको थियो। शुक्रबार पनि ढुंगामुढा र झडप समेत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।