image
image
निर्वाचन नजिकिँदै, मतदाता सूची सच्याउन आयोगको विशेष कार्यविध

निर्वाचन नजिकिँदै, मतदाता सूची सच्याउन आयोगको विशेष कार्यविध


काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचन आउन अब दुई सातामात्र बाँकी रहँदा मतदाता सूचीको शुद्धता र पहुँच सुनिश्चित गर्न निर्वाचन आयोग सक्रिय बनेको छ ।आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित र समावेशी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको जनाएको छ ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार तयार पारिएको उक्त कार्यविधिले स्थायी मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदातालाई समावेश गर्ने र विवरण सच्याउने प्रक्रिया स्पष्ट गरेको छ।आयोगले आवश्यक कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ र त्यसलाई राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रसारण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

कार्यविधिअनुसार नेपाल सरकार तथा प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा–कैदी, निर्वाचनमा खटिने कर्मचारी, संवैधानिक निकायका पदाधिकारीलगायतका नाम स्थायी मतदाता सूचीमा समावेश गरिनेछ ।आयोगले कुनै नागरिकको नाम छुटेको वा विवरणमा त्रुटि भएको अवस्थामा प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिन आग्रह गरेको छ ।आयोगका अनुसार अद्यावधिक मतदाता सूचीले निर्वाचनको विश्वसनीयता र सहभागिता दुवैलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।