image
image
जेनजी आन्दोलन दबाउने र विध्वंस गर्ने दुवै चुनावी मैदानमा छन् : सर्वेन्द्र खनाल

जेनजी आन्दोलन दबाउने र विध्वंस गर्ने दुवै चुनावी मैदानमा छन् : सर्वेन्द्र खनाल

काठमाडौं ।  जेनजी छानवीन आयोगको प्रतिवेदन तुरुन्तै सरकारलाई बुझाएर सार्वजनिक गर्न सम्मुनत नेपाल पार्टीका सभापति सर्वेन्द्र खनालले जोडदार माग गरेका छन्। सभापति खनालले जेनजी आन्दोलनको औचित्य स्थापित गर्न र दोषीमाथि कानुनी कारवाहीको सिफारिस गर्न बनेको उच्च स्तरीय छानवीन आयोगको म्याद थप गरेर अल्मल्याउन खोजेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। आयोगले समयमा प्रतिवेदन नबुझाउदा जेनजी आन्दोलनको औचित्य समाप्त हुने उनले टिप्पणी समेत गरेका छन्।

 ‘जेनजी आन्दोलन कुन कुन उदेश्यका लागि भयो, यसको उपलब्धी के हो ? जेनजी पुस्ताले खोजेको एक निर्वाचन मात्रै हो ? वा २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ सार्न खोजेका हुन त ?  जेनजी आन्दोलनको उदेश्य निर्वाचन गराउन मात्र होइन भन्ने तथ्यलाई यो सरकारले बुझ्न सकेन’, अध्यक्ष खनालले भने।  

उनका अनुसार भदौ २३ र २४ को घट्नामा संलग्नहरु चुनावी मैदान रहेको छन्। जेनजी आन्दोलन दबाउने र विध्वंस गर्ने दुवै चुनावी मैदानमा छन् । उनीहरु दुवै पक्ष दोषी हुन, आयोगको प्रतिवेदनमा दोषी देखिने भएपछि सरकारले दोषीहरुलाई जोगाउन खोजेको छ, आयोग त्यसमा सहयोगी बनेको छ, आयोगले सरकारलाई तुरुन्तै प्रतिवेदन बुझाओस र प्रतिवेदन सार्वजनिक गरी चुनावमा उम्मेदवार रहेका दोषीहरुलाई कारवाही गरोस अन्यथा निर्वाचनको अर्थ छैन’, खनालले भने। 

उनले निर्वाचन नभई सर्वपक्षीय सरकार गठनको पनि माग गरेका छन्। भदौ २३ र २४ को घट्नामा संलग्नहरु नै अब बन्ने सरकार र संसदमा जाने भएकाले जेनजी छानवीन आयोगको प्रतिवेदन कार्यान्वयन नहुने उनको भनाई छ। ‘दोष बोकेकाहरु अबको संसदमा जानेछन,उनीहरु आफूले आफैलाई कारवाहीको सिफारिस गर्छन् त ’, सभापति खनालले प्रश्न गरे।  

पूर्व आइजीपी समेत रहेका खनाल समुन्नत नेपाल पार्टीको तर्फबाट बारा जिल्ला क्षेत्र नम्बर ४ मा उम्मेदार बनेका छन्। इमान्दारिता, अनुशासन र स्पष्ट दृष्टिकोणका कारण यो पार्टीप्रति जनविश्वास निरन्तर बढिरहेको छ सभापति खनालको दावी छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।