image
image
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति, यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गरिनुपर्ने माग

अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति, यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गरिनुपर्ने माग


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध गरेको छ। 

महासचिव विप्लवले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको उल्लेख गरिएको छ।

यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । पार्टीले विज्ञप्तिमा राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्नु सम्पूर्ण नेपाली जनताको कर्तव्य भएकोमा पनि जोड दिएको छ।आजै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले समेत टुँडिखेलको दृश्यबारे ुविदेशी सेनाको नांगो नाच’ भन्दै टिप्पणी गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।