image
image
बैतडी बस दुर्घटनाः सभापति थापाद्वारा दुःख व्यक्त, घाइतेको उचित उपचारका लागि सरकारसँग आग्रह

बैतडी बस दुर्घटनाः सभापति थापाद्वारा दुःख व्यक्त, घाइतेको उचित उपचारका लागि सरकारसँग आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन। सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको खबरले आफूलाई मर्माहत तुल्याएको बताए । उनले पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकाकूल परिवारजनमा पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन ।

सभापति थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन । बिहीबार जन्ती बोकेको बस दुर्घटना भएको थियो । बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौंडी–७ बडगाउँ मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।