image
image
प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्चमा आयोगको निगरानी

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्चमा आयोगको निगरानी

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन आयोगले जानकारीमा राख्ने भएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायाण प्रसाद भट्टराईले सामाजिक सञ्जालमा गरेको खर्च पनि आयोगले जानकारीमा राख्ने जानकारी दिएका हुन् ।

आगामी २१ फागुनमा निर्वाचन हुँदैछ । उम्मेदवारका लागि ठाउँ अनुसार खर्चको सीमा तोकिएको छ ।निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो ।

काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ ।निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।