अन्तरिम सरकारका चार मन्त्री चुनावी प्रतिस्पर्धामा
काठमाडौं—वर्तमान अन्तरिम सरकारका चार मन्त्रीले राजीनामा दिएर चुनावी राजनीतिमा प्रवेश गरेका छन्।
आज बिहान राजीनामा दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट उम्मेदवार बनेका छन्। यस्तै, निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं–३ र निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर–२ बाट चुनावी मैदानमा उत्रिएका छन्।









