image
image
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा

काठमाडौँ-  काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा रहेका छन्। यसका लागि उनले मेयर बालेन शाहसँगै पदबाट राजीनामा दिने तयारी गरिरहेका छन्।

बालेन निकट स्रोतका अनुसार मेयर शाहले पाण्डेलाई काठमाडौं–४ बाट उम्मेदवार बनाउने तयारी गरेका छन्।

यद्यपि, पाण्डेले उम्मेदवारीबारे भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। “मैले कसैसँग उम्मेदवार बन्छु भनेर भनेको छैन,” उनले बताएका छन्।

काठमाडौं–४ बाट हालसम्म नेपाली कांग्रेसका महामन्त्री गगन थापा निरन्तर निर्वाचित हुँदै आएका छन् र यसपटक पनि चुनाव लड्ने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।