image
image
सिनामंगल त्रासदी: ४ महिनाको छोराको हत्या आरोपमा प्रहरी अधिकारी थुनामा

सिनामंगल त्रासदी: ४ महिनाको छोराको हत्या आरोपमा प्रहरी अधिकारी थुनामा

 काठमाडौँ-   काठमाडौँमा चार महिनाका शिशुको हत्या आरोपमा त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्। प्रहरीले कार्कीले आइतबार साँझ सिनामंगलस्थित आफ्नो कोठामा आफ्नै शिशु छोराको हत्या गरेको जनाएको छ।

कार्कीको घर डोटी हो भने घटनाको कारणबारे प्रहरीले खुलाएको छैन। उनी हाल काठमाडौँ प्रहरी परिसरमा थुनामा राखिएका छन् र सोमबार अदालतमा प्रस्तुत गरिनेछ।

कार्कीले प्रहरी जवान रहेका आफ्नी श्रीमतीमाथि समेत कुटपिट गरेको खुलेको छ। कुटपिटबाट घाइते भएकी श्रीमतीको काठमाडौँ केएमसी अस्पतालमा उपचार भइरहेको छ। उनकी अवस्था गम्भीर छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।