कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ।
काठमाडौँ- हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत अवस्थामा बिहीबार थापाको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिएका हुन्।
वडाध्यक्ष थापाको निधनप्रति नगरपालिकाले गहिरो शोक व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ।
शोकमा सहानुभूति प्रकट गर्दै पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, तथा संस्थागत र सामुदायिक विद्यालयमा आज एक दिने बिदा प्रदान गरिएको नगरपालिकाले जनाएको छ।









