image
image
प्रधानमन्त्री ओलीको मिडियामाथि आलोचना: नेपाली भाषाको सम्मानमा कमी आएको आरोप

प्रधानमन्त्री ओलीको मिडियामाथि आलोचना: नेपाली भाषाको सम्मानमा कमी आएको आरोप

काठमाडौँ -    प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियामा नेपाली भाषाको सम्मानमा कमी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। गोरखापत्र दैनिकको १२५औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले मिडियाले नेपाली भाषामा प्रयोग हुने सम्मानार्थी शब्दहरूको प्रयोगमा लापरवाही गरेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले भने, "अहिलेको मिडियामा तल्लो स्तरको भाषा प्रयोग भइरहेको छ।" उनले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरू रहेको भन्दै, "हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग गर्न नहुने हो," भने। उनले मिडियामा अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद घटाउन नहुनेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।