image
image
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज खुमलटारमा बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज खुमलटारमा बस्दै

काठमाडौँ -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज आइतबार दिउँसो १ बजे आफ्नो निजी निवास खुमलटारमा पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठकमा समसामयिक राजनीतिक विषयहरू, हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको समीक्षा र आगामी हिमाली तथा पहाडी मार्गमा सञ्चालन हुने अभियानका विषयमा छलफल हुने बताइएको छ।

पार्टीका उपमहासचिव मात्रिका यादवका अनुसार, बैठकमा फागुन १२ गतेदेखि सुरु भएको तराई–मधेस जागरण अभियानको समिक्षा, आगामी अभियानका रणनीतिहरू र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ। यस अभियानअन्तर्गत एक करोडभन्दा बढी जनताको प्रत्यक्ष र परोक्ष संवाद भएको दाबी गरिएको छ।

यसअघि, पुस २३ गतेको केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।