आज चार संसदीय समितिको बैठक बस्दै, छलफल हुने विषयहरू सार्वजनिक
काठमाडौँ - आज प्रतिनिधि सभाअन्तर्गतका चार वटा संसदीय समितिको बैठक बस्दैछन्। समितिहरूले विभिन्न विधेयक र सरकारी नीतिहरूमा छलफल गर्ने कार्यक्रम तय गरेका छन्।
अर्थ समितिको बैठक (बिहान ११:३० बजे)
बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा विज्ञहरूसँग छलफल हुनेछ। यस विधेयकले बैंकिङ क्षेत्रमा सुधार र पारदर्शिता ल्याउने उद्देश्य राखेको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक (बिहान ११ बजे)
समितिले आफ्नो वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफल गर्नेछ। यसले समितिको गत वर्षको कार्यसम्पादन र आगामी योजनाहरूको मूल्याङ्कन गर्ने अवसर प्रदान गर्नेछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक (बिहान १०:३० बजे)
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र समग्र कृषि क्षेत्रको विकासमा सिँचाइ, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, ऊर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल हुनेछ।
सार्वजनिक लेखा समितिको बैठक (दिउँसो १:३० बजे)
बैठकमा सा.ले.स.को २३ औँ प्रतिवेदनको मस्यौदा, पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन र उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल हुनेछ।









