रेशम चौधरीको पक्राउपछि जनमत र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूको विरोध प्रदर्शन
काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा विरोध प्रदर्शन गरेका छन्। आज दिउँसो ११ बजेका लागि तय गरिएको दुई पार्टीबीचको एकता कार्यक्रम रेशम चौधरीको पक्राउका कारण स्थगित भएपछि कार्यकर्ताहरूले नाराबाजी गर्दै विरोध जनाएका हुन्।
प्रदर्शनकारीहरूले "नागरिक जनमत पार्टी जिन्दाबाद", "रेशम चौधरीलाई रिहा गर" लगायतका नारा लगाउँदै सरकारको विरोध गरेका छन्। उनीहरूले एकता कार्यक्रम स्थगित हुनुमा सरकारको प्रत्यक्ष हस्तक्षेप रहेको आरोप लगाएका छन्।