image
image
मेयर भरतकुमार थापाविरुद्ध विशेष अदालतमा तेस्रो दिनको सुनुवाइ जारी

मेयर भरतकुमार थापाविरुद्ध विशेष अदालतमा तेस्रो दिनको सुनुवाइ जारी

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज तेस्रो दिन पनि सुनुवाइ हुँदै छ । 

गत मंगलबारदेखि विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र विदुर कोइरालाको संयुक्त इजलासमा थापाविरुद्धको भ्रष्टाचार मुद्दामा  सुनुवाइ भइरहेको हो ।

बहस नसकिएपछि मंगलबार र बुधबार मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दामा आज थापाका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।