image
image
ज्ञानेन्द्र शाहले ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लघंन गरे : प्रधानमन्त्री ओली

ज्ञानेन्द्र शाहले ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लघंन गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न जुनसुकै कभरमा बसेपनि कडा प्रशासनिक कारबाही गर्ने चेतावनी दिए । 

 उनले भने,‘शुक्रबार तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन भनिएकोमा आपराधिक घटना सुरु गरियो । आगजनी गरियो । । मानिसलाई घरभित्रै थुनेर बाहरिबाट ताल्चा लगाएर जिउँदै जलाएर हत्या गरियो । प्रहरीको बन्दुक खोस्ने, कुटपीट गर्ने ढुंगामुडा, तोडफोट, लुटपात जस्ता अपराधिक घट्ना गरियो । अन्य आतंककारी काम समेत भयो । यी सबै निन्दनीय र खेलजनक क्रियाकलाप हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै जोस्, जुनसुकै कभरमा किन नहुन कडा प्रशासनिक कारबाही हुन्छ ।’ 

साथै उनले यसका योजनाकार को हुन र को को संलग्न छन भन्ने विषयमा सरकारले छानबीन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए ।पूर्वराजा ज्ञानेन्द्र शाहले समाज विथोल्न लागिपरेका दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोकेर हिंसात्मक क्रियाकलापको लागि खटाएको पनि उनको भनाई छ । साथै ज्ञानेन्द्रले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ । 

उनले भने,‘यसका योजनाकार को हुन र को को संलग्न छन । सरकारले यस विषयमा छानविन र अनुसन्धान गरिरहेको छ । चैत्र १४ गते समाज विथोल्न लागिपरेका एकजना व्यक्तिलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारका लागि खटाउनुभयो । प्रारम्भिक अध्ययनले स्पष्ट पार्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।