image
image
सर्वदलीय बै‍ठकमा उठ्यो पूर्वराजालाई कारबाही गर्नुपर्ने माग

सर्वदलीय बै‍ठकमा उठ्यो पूर्वराजालाई कारबाही गर्नुपर्ने माग

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ। सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन्। 

चैत १५ गते पूर्वराजाकै उक्साहट र निर्देशनमा हिंसात्मक प्रदर्शन भएको भन्दै उनले कारबाही गर्नुपर्ने धारणा राखेका हुन्। उनले पूर्वराजाका गतिविधिले सीमा नाघेको टिप्पणी समेत गरेका छन्। ‘पूर्वराजालाई अब समय दिन सकिँदैन। दलहरूले यो विषयमा एउटा सहमति बनाएर आवश्यक संवैधानिक कानुनी कारबाही अघि बढाउनुपर्छ,' उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।