image
image
पार्टीको जिम्मेवारीमा फर्किए रवि, केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने

पार्टीको जिम्मेवारीमा फर्किए रवि, केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।रवि सोमबार हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।बैठक आज पार्टी कार्यालयमा दिउँसो ३ बजे  बस्दैछ । ‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’

लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन÷महाधिवेशन कार्यतालिकामा पनि छलफलको एजेण्डामा छ ।

पुस ८ मा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डोलप्रसाद अर्याललाई दिएको थियो । सहकारीको रकम अपचलनको मुद्दामा लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । ४ सहकारीको रकम अपचलनको मुद्दामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । रिहा भएपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।