image
image
पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ : प्रकाश ज्वाला

पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ : प्रकाश ज्वाला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि फर्कन सुझाव दिएका छन् ।

पूर्वविशिष्टहरुलाई दिईएको मनोमानी सुविधापनि रोकिनुपर्ने उनको सुझाव छ । उनले सांसदहरुकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव राखे । उनले अहिलेका विशिष्ट पदाधिकारीहरुको समेत सुविधा घटाउनुपर्ने बताए ।

ज्वालाले अहिले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र आर्थिक अवस्था जर्जर रहेको भन्दै सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप लगाए । उनले अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रका जनताले राहत नपाएको, बाढी/पहिरो पीडितले पनि राहत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।