image
image
जंगली च्याउ खाँदा १० जना बिरामी

जंगली च्याउ खाँदा १० जना बिरामी

काठमाडौं - तनहुँमा बारीमा उम्रेको जंगली च्याउ खाँदा एकै घरका १० जना बिरामी परेका छन्।म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्ति टोल बस्ने उनका मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा पुर्‍याएका थिए।

फागुन १ गते रति साढे ११ बजे पुलामीको घरमा पकाएर च्याउ खाएपछि १० जना बिरामी परेको प्रहरीले जनाएको छ।उनीहरूलाई शनिबार बिहान ७ बजे दमौली अस्पतालमा ल्याएर भर्ना गरिएको छ।

बिरामी पर्नेमा गुरुबहादुर पुलामी, उनका छोरा सुरेन्द्र पुलामी, भान्जा नारायण मगर, ज्वाइँ लितबहादुर थापा रहेका छन्।यस्तै, आफन्तहरू केशव पुलामी, सीता पुलामी, सुमित पुलामी, चक्रबहादुर पुलामी र आरती पुलामी रहेका छन्।उनीहरूलाई रिंगटा लाग्ने, बान्ता हुने र पखाला लाग्ने समस्या छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।