image
image
राज्यको ढुकुटीमाथि दोहन:  पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाइदै, प्रकाशमानको झुट समातियो

राज्यको ढुकुटीमाथि दोहन: पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाइदै, प्रकाशमानको झुट समातियो


काठमाडौं ।  सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने गरी सरकारले कानुन ल्याउन लागेकामा कडा आलोचना भएको छ । सरकारको सो कानुन ल्याउने तयारी गरेपछि सामाजिक क्षेत्रका अगुवादेखि सत्तारूढ दलकै नेतासम्मले विरोध गरेका छन् ।

गत पुस ९ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई स्वीकृत दिएको पाइएको छ । गृहकै प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपछि पूर्वपदाधिकारीका लागि आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा निर्माणको प्रक्रिया शुरु भएको छ ।

अहिले पूर्वविशिष्टलाई दोहोरो सुविधा दिएर राज्यको ढुकुटीमाथि दोहन गर्ने कानुन बनाउन नहुने जिकिर धेरैको छ । आफ्ना अलोकप्रिय कामका कारण आलोचित भएको सरकारको यो निर्णयले थप आलोचना बढ्ने देखिएको छ । 

पूर्वपदाधिकारीका लागि आजीवन सुविधा दिने गरी कानुन बनाउन खोज्नु राज्यको ढुकुटीमाथिको दोहन भएको ठहर सबैको छ । पूर्व भइसकेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षका लागि यो कानुन बनाउन खोजिएको छ । 

अर्कोतर्फ पूर्वपदाधिकारीको सुविधासम्बन्धी कानुन बनाउन मन्त्रिपरिषद्बाटै स्वीकृति दिएको विषयमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वजनिक रूपमै झूट बोलेका छन् ।

मन्त्रिपरिषद् बैठकले २०८१ पुस ९ मा गृहलाई स्वीकृति दिए पनि पाल्पामा शुक्रबार भएको कांग्रेसको एक कार्यक्रममा मन्त्री सिंहले मन्त्रिपरिषद्बाट यससम्बन्धी कानुन ल्याउने निर्णय नभएको र मिडियाले अफवाह फैलाएको भन्दै गलत अभिव्यक्ति दिएका थिए । मन्त्रिपरिषद्ले पुस ९ मा गृह मन्त्रालयको प्रस्तावबमोजिम ‘पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने’ निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्बाटै भएको निर्णयलाई ढाँटेर सिंहले आफु यसबाट टाढा रहेको संकेत गरेपनि उनले विरोध गरेर रोक्नुपर्नेमा झुट बोलेको भन्दै आलोचना भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।