image
image
राजावादीलाई साथ दिन रवि लामिछानेलाई प्रसाईंको आग्रह

राजावादीलाई साथ दिन रवि लामिछानेलाई प्रसाईंको आग्रह

 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई व्यवस्था बदल्न राजावादीलाई साथ दिन आग्रह गरेका छन्।

मंगलबार बिहान भक्तपुरस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले व्यवस्था परिवर्तनका लागि राजावादीलाई साथ दिन आग्रह गरेका हुन्। ‘हामीलाई साथ दिनुस्, सुरुमा व्यवस्था परिवर्तन गरौँ,’ उनले भने, ‘अनि मात्रै विकास हुन्छ।’

लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिँदा आफूहरूले विरोध गरेको प्रसाईंले बताए। ‘हिजो केके नै गर्छु भनेर आउनुभएको थियो। तपाईंलाई लात हानेर थुने’, उनले थपे। फरक प्रसङ्गमा उनले पूर्वराजालाई कसैले सडकमा ल्याउन नसकेको अवस्थामा आफूले सकेको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।