image
image
ज्ञानेन्द्र शाहीको विष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस्

ज्ञानेन्द्र शाहीको विष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस्

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारीको लागि तयार हुन र रिमाललाई वडा अध्यक्षको तयारी गर्न कटाक्ष गरेका हुन् ।

उनले भनेका छन्-  

आदरणीय भनौ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको  स्याल हुयाँ दिन बन्द गर्नुहोस ।अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ के प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? । लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरुलाई लुटी खाने भाँडो भयोl लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस् ।

यस अघि सोमबार शाहीले आइतबार पूर्वराजाको स्वागतमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बीर प्रधानमन्त्री ओलीको निर्देशनमा रिमालले राख्न लगाएको आरोप लगाएका थिए । शाहीको आरोपको जवाफ दिदै रिमालले उनलाई 'नालायक' भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।