image
image
जाजरकोटमा भूकम्पीय पुनर्निर्माण कार्यालय स्थापना

जाजरकोटमा भूकम्पीय पुनर्निर्माण कार्यालय स्थापना

काठमाडौं । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितका निजी आवास पुनर्निर्माण र मर्मतकार्यलाई तीब्रता दिन जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइको स्थापना भएको छ ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यालय स्थापना गरेर पुनर्निर्माणको काम अघि बढाउन लागेको हो । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नामा स्थापना भएको कार्यालयको गृहमन्त्री रमेश लेखकले आईतबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लेखकले पश्चिम नेपालमा भूकम्पले पारेको क्षतिको पुनर्निर्माण अभियान सुरु भएको बताए ।

पुनर्निर्माणको लागि आवश्यक मापदण्ड र नियामावलीसँगै आवश्यक बजेट व्यवस्था गरेपछि निजी आवास पुनर्निर्माणको कामलाई तिव्रता दिन जिल्लामै कार्यालय स्थापना गरिएकोले बताए ।

भूकम्पबाट पूर्ण क्षति भएका घरको पुनर्निर्माण तथा चर्किएका घरको मर्मत गरेर प्रबलीकरण गरिने भूकम्पीय पुनर्निर्माण तथा पुनस्स्थापना आयोजना कार्यान्वयन इकाइले जनाएको छ । उद्घाटन कार्यक्रममा जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।