image
image
संवैधानिक अधिकारको प्रयोग गर्दा नियन्त्रण गरेमा जनताले प्रतिकार गर्नेछन् : कमल थापा

संवैधानिक अधिकारको प्रयोग गर्दा नियन्त्रण गरेमा जनताले प्रतिकार गर्नेछन् : कमल थापा

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिने बताउदै संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी दिएका हुन् ।

राप्रपा नेपालसहितका राजावादी दलहरु र अभियानहरुले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने क्रममा भव्य स्वागतको तयारी गरेको सन्दर्भमा थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्–राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिन्छ । राजादेखि सर्वसाधारण जनतासम्म कसैले पनि यो संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछ र जनताले प्रतिकार गर्न वाध्य हुनेछन् । चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।