image
image
राष्ट्रिय सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धि अध्यादेश स्वीकृत

राष्ट्रिय सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धि अध्यादेश स्वीकृत

 

काठमाडौं । राष्ट्रिय सभाको बैठकले आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ स्वीकृत गरेको छ ।

जारी बैठकमा सांसद गंगा बेल्बासे क्षेत्रीले राखेको अध्यादेश अस्वीकृतको प्रस्ताव बहुमतले अस्वीकार भएपछि सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको अध्यादेश बुहमतले स्वीकृत गरेको हो ।

यसअघि राष्ट्रिय सभाले अन्य तीन वटा अध्यादेश पारित गरेको थियो भने, आजकै बैठकले सहकारी सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, पनि स्वीकृत गर्ने कार्यसूची छ । यी सबै अध्यादेश हिजो प्रतिनिधि सभाबाट पनि बहुमतले पारित गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।