image
image
न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ट्रेड युुनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरु सरकारमा हुँदा नाटक गरेर समय विताउने र अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने प्रवृत्ति रहेको बताए ।  

उनले भने,‘नेपालमा एउटा लहर के छ भने राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने झुटो आरोप लगाउने लहर नै छ । कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, आफू सरकारमा भयो भने ड्रामा गर्ने चलन छ । अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने ।’

कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै आपत्ति जनाए । उनले भने‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन् । त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन्, फरक होइनन् । न्यूनतम पारिश्रमिक भन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन । त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ । ‘पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन ।’ त्यस्तै उनले हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ भन्ने विषयमा सरकारको ध्यान गएको पनि उनले जानकारी दिए । 

उनले भने,अहिले अलि बढि संवेदनशिलतातिर वा भावनातिर बगेर अनावश्यक कुरामा नलागौं । सही ढंगले जाति–भाषाको उत्थान गरौं । त्यसमा सरकार सहयोग गर्न तयार छ । हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ । त्यसमा सरकारको ध्यान गएको छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।