image
image
एमसीसी स्थगित भएपछि खुशी भए विप्लब, ट्रम्पलाई दिए धन्यवाद

एमसीसी स्थगित भएपछि खुशी भए विप्लब, ट्रम्पलाई दिए धन्यवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्र विक्रम चन्द विप्लव एमसीसी स्थगित भएपछि खुशी देखिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै विप्लवले एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन अमेरिकालाई आग्रह गरेका छन् ।  विप्लवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिदै एमसीसीको स्थगनले नेपाली समाजमा सकारात्मक प्रभाव परेको बताएका छन् ।

उनले भनेका छन् ‘एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै आम नेपाली जनताले एमसीसी कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन्‌ । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।