image
image
पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन : गगन थापा

पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन : गगन थापा

 

काठमाडौं ।  कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न आवश्यक नरहेको बताएका छन् । उनले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको पनि बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताले पटकपटक तानाशाह शासन व्यवस्थाको अनुभूति गरेकाले लोकतन्त्रको विकल्प नसोचेको बताए । पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको मुद्दामा कांग्रेससहितका अन्य पार्टीका नेतालाई जेलमा हालेको उदाहरण रहेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न नहुने स्पष्ट पारे ।

‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्वराजाको शासनकालमा  राष्ट्रद्रोहको हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुख बन्द गर्न जादैनौँ’, थापाले भने । उनले प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन, सरकारको कामकारवाहीप्रति असन्तुष्टि निर्वाचनको माध्यमबाट व्यक्त गर्ने गरेको उल्लेख गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा देशले अब धेरै दुःख र कष्ट सहन नसक्ने भन्दै आफूलाई साथ दिन आह्वा गरेका थिए । शाहको त्यस्तो आह्वानपछि राजावादी नेताहरु उत्साहित भएका छन् । तर गणतान्त्रिक नेताहरु भने रुष्ट बनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।