image
image
सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन, आन्दोलन चर्काउने चेतावनी

सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन, आन्दोलन चर्काउने चेतावनी

काठमाडौं । नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक संजाल सम्बन्धि विधेयकको विरोध गरेको छ । प्रेस युनियन काठमाडौं शाखाले विहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले सामाजिक संजाल विधेयक २०८१ फिर्ता गर, नियमनका नाममा नियन्त्रण सहँदैनौं, होसियार, आलोचना गर्ने अधिकार खोस्न पाइँदैन्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्न पाइँदैन्, अभिव्यक्ति माथिको अंकुश, बन्दैछ सरकार निरंकुश, मौलिक हकमाथि घात गर्ने विधेयक फिर्ता गरलगायतका प्ले कार्ड बोकेका थिए । 

सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै विरोध जनाएको हो । 

युनियनकर्मीले विहीवार सामाजिक संञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयक विरुद्ध विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनमा बोल्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विधेयक पेस गर्नु भनेको आम नागकिकहरुको मौलिक अधिकारलाई कुन्ठित गर्ने काम भएको बताए । 

उनले भने,‘ सामाजिक संञ्जाल विधेयक राष्ट्रिय सभामा पेस गरेर आम नागकिकहरुको मौलिक अधिकारलाई कुन्ठित गर्ने काम भएको छ । त्यसको नेपाल प्रेस युनियन घोर भर्सना गर्दछ । तत्काल राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक संञ्जाल विधेयक फिर्ता गरेर सरोकारवालाहरुसँग छलफल गरेर मात्रै त्यो विधेयकलाई पुर्णता दिने गरी राष्ट्रिय सभामा र प्रतिनिधी सभामा पेस गर्नका निम्ति अनुरोध गर्दछु ।’

उनले सरकारले विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरुसँग छलफल गरेर पुर्नलेखन नगरे स्वीकार गर्न नसकिने पनि बताए । ‘अब हामी सडकमा आउन बाध्य भएका छौ । विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरुसँग छलफल गरेर पुन लेखन गरिएन भने विधेयक स्वीकार गर्न सकिदैन । त्यसकारण हामी मात्र होइन प्रेस तथा अभिव्यक्ति स्तन्त्रताको पक्षमा काम गर्ने, आम सञ्चारको क्षेत्रमा काम गर्ने र नयाँ मिडियामा काम गर्ने सबै साथीहरुलाई आन्दोलनमा सरिक हुन आग्रह गर्दछु । मिडिया काउन्सिल विधेयक पनि संशोधन गर्न जरुरी छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।