image
image
स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै निर्वाचन हो : दिनेशकुमार थपलिया

स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै निर्वाचन हो : दिनेशकुमार थपलिया

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै निर्वाचन भएको बताएका छन् । निर्वाचन आयोग नेपालको नवौं निर्वाचन दिवस २०८१ को अवसरमा बोल्दै उनले संसारका लोकतान्त्रिक मुलुकहरुको अभ्यासलाई हेर्दा समेत एकै  दिन, एउटै उदेश्यले सबै  देशभरीका नागरिकहरु सडकमा निस्कने, मतदान केन्द्रमा पुगेर एउटै काम गर्ने कुनै दिन छ भने त्यो निर्वाचन नै भएको बताएका हुन् ।

उनले भने,  हामीले ढिलो लोकतन्त्र पायौं तर प्रयाप्त लोकतन्त्र पायौं । स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै यो निर्वाचन हो । मतदानको  प्रक्रियाले मात्र यसलाई स्पष्ट गर्दैन । सहभागिता कुरा गर्ने हो भने पनि  जनसहभागिताको सबैभन्दा गतिलो अभ्यास गर्ने ठाउँ पनि यो निर्वाचन नै हो । संसारका लोकतान्त्रिक मुलुकहरुको  अभ्यासलाई तपाईंले  हेर्नुहुन्छ भने एकै  दिन, एउटै उदेश्यले सबै  देशभरीका नागरिकहरु सडकमा निस्कने, मतदान केन्द्रमा पुगेर एउटै काम गर्ने कुनै  दिन छ भने त्यो निर्वाचन नै हो । नागरिक सहभागिताका कुराहरुलाई उठायौं भने तब मात्रै निर्वाचन सफल हुन्छ, प्रभावकारी हुन्छ, उपयुक्त हुन्छ ।’

साथै उनले फागुन ७ गते हामी सबैको गौरवशाली दिनको रुपमा समेत रहेको बताए । उनले आज ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई निर्वाचन आयोगले ७२ सालमा एउटा अविश्मरणिय क्षणको स्मरण गर्दै निर्वाचन दिवसको रुपमा मनाउने  निर्णय गरेको समेत बताए ।

उनले भने, ‘आज फागुन ७ गते हामी सबैको गौरवशाली दिन हो । लोकतन्त्र र जनअधिकारको जुन महा अभियान छ , थियो र  अहिले  पनि छ ।  यो  अभियान कहिले  पनि पूरा हुँदैन, र पूर्ण  पनि हुँदैन । यसलाई पूर्णतातिर लान निरन्तर  लागिरहनुपर्छ । यो  महायात्रालाई स्मरण गर्ने दिन हो यो ।  आज ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस पनि हो । यहि दिनलाई निर्वाचन आयोगले ७२ सालमा एउटा अविश्मरणिय क्षणको स्मरण गर्दै निर्वाचन दिवसको रुपमा मनाउने  निर्णय गरेको हो । आज हामी नवौं निर्वाचन दिवसमा मनाइरहेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।