image
image
भारतमा मृत फेला परेकी प्रकृति लम्सालका लागि न्याय माग्दै विरोध प्रदर्शन

भारतमा मृत फेला परेकी प्रकृति लम्सालका लागि न्याय माग्दै विरोध प्रदर्शन

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले भारतमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको लागि न्याय माग्दै विरोध प्रदर्शन गरेका छन् । मंगलबार माइतीघर मण्डलामा उनीहरुले विभिन्न प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका हुन् । 

सोही क्रममा आन्दोलनमा सहभागी विजय प्रकाश सापकोटाले प्रकृती लम्सालको घटनाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराई छिटो भन्दा छिटो समस्याको समाधान गरोस र न्याय दिओस भन्ने माग राख्दै आजको विरोध सभा गरेको बताए । 

उनले भने, ‘नेपाली विद्यार्थी प्रकृती लम्सालमाथि भारतको आईटी कलेजमा घटेको घटनाप्रति हाम्रो संगठन दुःख व्यक्त गर्दै घोर विरोध गर्दछ । नेपाली चेलीमाथि जुन व्यवहार भयो त्यसको कलेज प्रशासनले संरक्षण गरेको कुरामा आपत्ति छ । नेपाली विद्यार्थीले यसको विरुद्धमा आवाज उठाउँदा पनि नसुनेको अवस्था छ । नेपाल सरकारको यो अवस्थाप्रति ध्यानाकर्षण गराई छिटो भन्दा छिटो समस्याको समाधान गरोस र न्याय दिओस भन्ने माग राख्दै आजको विरोध सभा गरेका छौ ।’ लम्साल मृत्युसम्बन्धी घटनामा उनी अध्ययनरत ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरूलाई निलम्बित गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।