image
image

थप तीन जना सङ्क्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् ।

मोरङको बूढीङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोसी अस्पताल कोभिड–१९,त्सैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहीरुको मृत्यु भएको हो ।

विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति  बजेतिर मृत्यु भएको हो ।

श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि महिलालाई केहि दिनअघि उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

त्यस्तै, झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको आज  बिहान ६ बजेतिर विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भयो । 

अस्पताल भर्ना गरिएदेखि नै अवस्था गम्भीर रहेकाले सङ्क्रमित पुरुषलाई आईसीयूमा राखेर उपचार थालिएको भए पनि जीवितै राख्न नसकिएको उनको भनाइ छ । 

बुधबार साँझबाट सङ्क्रमित पुरुषको अवस्था थप गम्भीर बनेपछि परिवारका सदस्यसँगको समन्वयमा थप उपचारका लागि भेन्टिलेटरमा राखिएको जानकारी राजवंशीले दिए ।

यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाका ६० बर्षीय वृद्ध पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो बेलुकी मृत्यु भएको छ । 

सहप्रवक्ता डा। चूडामणि पोखरेलका  अनुसार प्रतिष्ठानमा बैशाख १० गते भर्ना गरिएको ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक पुरुषमा हिजो बिहान मात्र  उनलाई संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।