image
image
अब अमेरिकाले  नेपालीलाई  नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्नसक्छ : चित्रबहादुर केसी

अब अमेरिकाले  नेपालीलाई  नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्नसक्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा रहेका नेपालीहरु धमाधम नेपाल फर्काउन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्न लागेको बताएका हुन् । 

उनले  भने, ‘विश्वको  जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव, समानता, स्वतन्त्रता र मानवीय मर्यादाको अधिकार सबै नागरिकले उपयोग गर्न पाउनुपर्छ । तर अमेरिकाले भारतीय नागरिकहरुलाई हात खुट्टामा नेल, हत्कडी र जन्जीर लगाएर मर्यादाको ठाडो उल्लंघन गरेर स्वदेश फिर्ता अर्थात डिपोर्ट गर्ने कार्यले अमेरिकाको घोर अमानवीय मानव अधिकारको विरोध हर्कत हो । नेपालका कयौँ नागरिक गैरकानुनी रुपमा अमेरिकामा छन् । नेपाली नागरिकलाई पनि भारतीयलाई जसरी अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ ’, 

उनले भने, ‘यदि यो विषयमा ध्यान नदिएमा विश्व समुदायमा समेत नेपालको प्रतिष्ठामा आँच पुग्नसक्छ । त्यसैले यदी अमेरिकामा गैरकानुनी तबरबाट नेपाली लुकेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’उनले यसबारेमा सरकारको बेलैमा ध्यान जान जरुरी रहेको बताए । उनले यसमा सरकारको ध्यान नगए  नेपालको  प्रतिष्ठामाथि प्रश्न उठ्ने  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।