image
image
गाजा कब्जा गरेर रिसोर्ट बनाउने ट्रम्पको योजना, मुस्लिम देशहरूको विरोध

गाजा कब्जा गरेर रिसोर्ट बनाउने ट्रम्पको योजना, मुस्लिम देशहरूको विरोध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पत्रकार सम्मेलन गर्दै गाजा पट्टीलाई अमेरिकी नियन्त्रणमा लिने कुरा गरेका थिए । ट्रम्पले अमेरिकाले गाजा पट्टी कब्जा गर्ने र त्यहाँ रिसोर्ट सिटी निर्माण गर्ने बताएका थिए । उनको तर्क यो छ कि, त्यसपछि त्यहाँ पश्चिम एसियाको रोजगारी र पर्यटनको केन्द्र बन्नेछ। तर, मध्यपूर्वका धेरै देशहरूले ट्रम्पको भनाइको विरोध गरेका छन्। 

साउदी अरेबियाले भन्यो, ‘हामी प्यालेस्टाइनका जनताको साथमा छौँ। हामी साम्राज्यवादी उद्देश्यका साथ गाजामा कुनै पनि प्रकारको घुसपैठको विरोध गर्दछौं। इजरायलसँगको सम्बन्ध प्यालेस्टाइनसँग मात्र सम्भव छ। गाजाका जनताको निष्कासन सहने छैन।’

 उता, संयुक्त राष्ट्रसंघले गाजालाई कुनै पनि हिसाबले कब्जा गर्नु र त्यहाँका जनतालाई विस्थापित गर्नु अन्तर्राष्ट्रिय नियमविपरीत भएको बताएको छ । गाजामा मानवअधिकार उल्लङ्घन गर्नु गलत हो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको पत्रकार सम्मेलनमा ट्रम्पले भने,  ‘गाजामा रहेका २३ लाख मानिसलाई इजिप्ट र जोर्डनजस्ता देशमा पुनर्वास गरिने छ । अमेरिकाले अहिले पश्चिम एसियाका समस्या समाधानका लागि लामो समयको योजनामा ​​काम गर्न थालेकोसमेत जनाए ।

ट्रम्पका अनुसार यो योजना सारा विश्वका लागि फाइदाजनक साबित हुने भएको छ । यसको नतिजा छिट्टै आउनेछ । नेतान्याहुले पनि यो भने कि, ‘यो ऐतिहासिक हुनेछ।’

ट्रम्पले भने, ‘गाजा बारुदी सुरंग र आतंकवादी गुफाहरूले भरिएको छ। पूरै गाजालाई समतल बनाइनेछ र त्यहाँ पूर्वाधारको विकास गरिनेछ।’ ट्रम्पले बिग्रँदै गएको गाजा अहिले श्रापित ठाउँ भएको भन्दै त्यहाँ कोही पनि जान नचाहेकोसमेत बताएका छन् ।

साउदी र राष्ट्रसंघसँगै जोर्डन, टर्की र प्यालेस्टाइनले पनि ट्रम्पको भनाइको विरोध गरेका छन् । जोर्डनले गाजाको जमिन कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट हटाउने कुनै पनि प्रयासको विरोध गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।