image
image
अध्यक्ष प्रचण्ड तातोपानी कुण्ड पुगे, कुण्ड वरपर तटबन्ध निर्माणमा जोड

अध्यक्ष प्रचण्ड तातोपानी कुण्ड पुगे, कुण्ड वरपर तटबन्ध निर्माणमा जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी पुगेका छन् । म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन् ।  पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सामाजिक सन्जाल फेसबुकपेजमा उक्त भिडियो पोस्ट गरेका छन् । 

सो क्रममा बोल्दै उनले कही बर्ष अघि आफू धर्मपत्नी र केही मन्त्रीहरुको साथमा तातोपानी कुण्ड आएको स्मारण गर्दै त्यस बेलामा निकै प्रचार भएको बताए । त्यस बेला आउँदा र अहिले आउँदा केही संरचनामा प्रगति भएको उनले उल्लेख गरेका छन । तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्रथामिकतामा राखेको उनले जिकिर गरे । यसका लागि पटक पटक बजेट बिनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए ।

उनका अनुसार यो बहुवार्षिय योजना भएकाले अब बन्ने पक्का भएको हो ।  तातोपानी कुण्डका पदाधिकारीले बर्षातको समय आउनसक्ने बाढी र गर्ने सक्ने क्षति न्युनिकरणका बारेमा जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।