भेरी अस्पतालमा स्वास्थ्यकर्मीसहित ७३ जनामा कोरोना पुष्टि
काठमाडौँ । बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई सातामा मात्रै स्वास्थ्यकर्मीसहित ७३ जनामा कोरोना देखिएको हो । सक्रमितमा महिलाहरुको संख्या बढी छ । जसमा महिला ४४ (६०.३ प्रतिशत) र पुरुष २७ (३९.७ प्रतिशत) मा संक्रमण देखिएको छ।
अस्पतालका अनुसार ३३ जना नर्सलाई पनि कोरोना संक्रमण देखिएको छ। सबैभन्दा बढी संक्रमित नर्स भएका छन्। क्लिनर र हेल्परमा २२ जना संक्रमित भएका छन्।चिकित्सक र प्यारामेडिक्स (एचएरअहेव)मा ८र८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रशासनमा कार्यरत दुई कर्मचारीलाई पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ।