image
image
आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि छ : सञ्चारमन्त्री गुरुङ

आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि छ : सञ्चारमन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन् । बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आइटी क्षेत्रमा ए–आइको पोलिसीमा काम गर्ने बताए । 

उनले भने,‘आइटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ । यस बर्षभित्र आइटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवम आट्रिफिसियल इन्टेलिजेन्स९एआइ०को पोलिसीमा काम गर्छौ र यस सम्बन्धि ऐन पनि बनाउछौं ।’ मन्त्री गुरुङले आइटी क्षेत्रको बिकासको लागि नलेज पार्क, आइटी पार्क, ए आइ अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए ।  

उनले भने,‘आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचनाहरु कसरी बिकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौं । यसका लागि पूर्वधारको तयारी गरिरहेका छौ । नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै ए आइ अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौ । यसलाई हामीले सबै प्रदेशहरुमा गर्ने छौ । यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौ ।’ मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरुले काम गर्न नपाएको पनि बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।