image
image
‘स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो, स्थानीय उद्यमशीलताको विकास र रोजगारी सृजना अहिलेको अवश्यकता’

‘स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो, स्थानीय उद्यमशीलताको विकास र रोजगारी सृजना अहिलेको अवश्यकता’

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय युवाहरुको स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढेको बताएका छन् । नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रममा बोल्दै देउवाले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरेको भन्दै युवाहरु पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षित भएको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन् । यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ । थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।’

उनले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता रहेको पनि बताए । ‘गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता हो । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पु¥याउँछ ।’ उनले भने । 

देउवाले नेपालमा नागरिकको स्वतन्त्रता, समानता र न्याय सहितको  लोकतान्त्रिक अधिकार प्राप्तिको हरेक आन्दोलनको अग्रमोर्चामा रहि आफ्नो प्राणको आहुति दिएका शहीदहरूको स्मरण गर्दै श्रद्धासुमन पनि व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।