image
image
हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भए त्यो समितिले हेर्नुपर्छ : सोविता गौतम

हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भए त्यो समितिले हेर्नुपर्छ : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनैपनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन् । मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् । उनले भनिन् ,‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नपर्ने हो । तर यो समितिले पनि व्यक्तिलाई हिरासतमा लौजाँदै गर्दा मानव अधिकार हनन भयो की भएन हेर्न जरुरी छ । 

साथै यो विषय कानून, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ । पछिल्लो  समय आम नागरिकहरुमाथि जसले प्रश्नगर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ ।’ साथै उनले पछिल्लो समय मानव अधिकारको गम्भीर उल्ङ्घनबारे समेत समितिलाई ध्यानाकर्षण गराइन् । उनले तीन वर्ष भन्दा कम सजाय हुने कसुरमा थुन्ने र त्यसपछि मात्र अभियोजन हुने काम हुँदा मानव अधिकारको गम्भिर उल्ङ्घन भएको बताइन्।

यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सदस्य शेर बहादुर कुँवरले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन समेत बुझाएका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।